पहिलो प्राथमिकता
(अदालतले २५ दिन पछि फाँसी दिने फैसला गरेपछि शेरेलाई जेलमाराखियो । तर, भोलिपल्ट बिहानै एक सिपाहीले शेरेलाई बोलाउँदै भन्यो)
सिपाही : ल हिँड् शेरे । तँलाई आजै फाँसी दिने निर्णय आयो ।
शेरे : होइन, अदालतले त मलाई २५ दिनपछि मात्रै फाँसी दिने फैसला गरेको थियो नि।
सिपाही : हो हुन त। तर तँ जेलर साबको गाउँको मान्छे भएकोले तेरो काम छिटो गर्ने आदेश छ, छिटो हिँड् । 😁😁😁😁😁
बन्दुक बोकेर
छोरा स्कुलबाट फर्किदै थियो । बुबा बन्दुक बोकेर बाटोमा उभिरहेको देखेर छोराले छक्क पर्दै सोध्यो–
छोरा : बुबा ! बन्दुक बोकेर बाटोमा किन उभिइरहनुभएको? कसैलाई कुर्नु भएको हो ?
बुबा : (बहादुरीको साथ) देखिनस् ! जङ्गलमा बाघ मार्न हिँडेको ।
छोरा : अनि खुरुखुरु नगएर यहाँ किन उभिइरहनुभएको त?
बुबा : ऊ त्यहाँ पर हेर् त, कुकुर बसेको छ । त्यसले मलाई टोक्यो भने नि ?
शेरेको रमाइलो तपस्या
( शेरेको तपस्या सुनेर भगवान खुसी भएर उसको अगाडी आएर भन्नुभएछ )
भगवान : भन बालक तिमीलाई के चाहियो ?
शेरे : एउटा जागिर, अनि गाडी र गाडीमा केटीनै केटी चाहियो भगवान ।
भगवानले तथास्तु भन्नुभएछ र अहिले शेरे केटी मात्र पढ्ने स्कुल को बस डाइभर
भएको छ।
नक्कली नोट
एकदिन हाकु पैसा जम्मा गर्न बैँक गएछ ।
हाकु : यो एक लाख मेरो खातामा जम्मागर्दिनु त ।
(Banker ले पैसा लिन्छ र हेर्छ त सब नक्कली नोट मात्र)
Banker : के हो पैसा त सब नक्कली पो छ त ।
हाकु : म्यामपाखा नक्कली भएर के भो त । मेरो बैँक खाता हो….. म नक्कली पैसा जम्मा गरुम की सक्कली तिमीलाई के
मतलब । खुरुक्क जम्मा गर्न !
(Banker अहिले हस्पिटल छ रहाकु जेलमा)
किन कुटेकी
(बूढाको लागि बूढीले बैध्य बाट औसधि लिगेर आएसी)
छिमेकी : ओइ किन कुटेकी बुढालाइ त्यसरी ??
बूढी : बैध्य बाको बाट औषधि लेराकी छु राम्रो सग कुटेर ख्वाउनु भन्या छ के। 😎 😎 😎 😎
घरमा आउँछु है
(प्रेमीले आफ्नो प्रेमिकालाई फोन गर्दै भन्यो )
प्रेमी : आज म हाम्रो विवाहको कुरा गर्न तिम्रो घरमा आउँछु है ?
प्रेमिका : ल, ल हुन्छ । तिमीले ठीक समयमा फोन गर्यौ । आज बुबाले जुत्ता फुकालेर पलङमुनि राख्नुभएको छ, छिट्टै आऊ ।
0 Comments