Nepali Funny Jokes With Images
धुर्मुस्: रेखा थापालाई त ईग्लिश नै आउंदो रैनछ
सुन्तलि: तिमीलाई कसरी थाहा भो नि, धुर्मु
धुर्मुस्: मैले "गिवे मे अ किस्स्" भनेको त एक थप्पड पो दिइ ।
बाउ: हेर् छोरा! तँ यसपाली पनि परिक्षामा फेल भैस् भने मलाई बाउ नभन्नु! बुझिस् ।
भोली पल्ट रिजल्ट आएछ
बाउ: ए छोरा! तेरो रिजल्ट के भयो भन् त?
छोरा: ह्या धन बहादुर सोल्टा! जिस्किन नाऔ न भन्या आफुलाई यहाँ कस्तो टेन्सन भै’राछ ।
छोरो: डेडी, पल्लो घरको अकलको नाम डार्लिङ हो?
बाबुः हैन बाबु, उसको नाम त रमेश हो ।
छोरा: अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अकललाई डार्लिङ भन्नुहुन्छ त
कक्षा ७ मा तिनपटकसम्म फेल भएको दिपकलाई हप्काउदै… ।
शिक्षक: तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन?
बिद्यार्थी: सरलाई १५ बर्षेखी यही कक्षामै बसि रहन लाजनलागेपछि मलाई के को लाज !
केटा : जाउँ कुनै सुनसान एकान्त ठाउँ मा
केटी : तिमी यस्तो उस्तो हरकत त गर्दैनौ नि?
केटा : कदापी पनि गदिन
केटी : त्यसो भए होस, न जाउँ क्यारे
एकजना माग्ने बाटोमा हिड्दैँ गरेको एउटा विथार्थीसग दाई एक रुपैयां दिनुहोस् न !
विथार्थी: म सित त एक सुका पनि छैन । । ।!!
माग्ने : आउनुहोश त्यसो भए सगै बसेर मागौ ।
दुइ जना कर्मचारीहरु आपसमा कुरा गर्दै
पहिलो कर्मचारी : आज रातिको प्लान के छ त यार?
दोश्रो कर्मचारी : आज बिहानको मासु बचेको छ । ।चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने । । अनि तिम्रो नि??
पहिलो कर्मचारी : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
दोश्रो कर्मचारी : हाहाहा । । । किन नि?
पहिलो कर्मचारी : बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु । । । ।के यार । । ।हाहाहा ।
दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त क्षेत्र निरिक्षण गरिरहेका थिए।
पहिलो नेता: यदिँ मैले यहाबाट ५०० को नोट फ्याके भने त्यी पिडित जनता कति खुसी होलान हगि?
दोस्रो नेता: मैले पनि यहाबाट १००० को नोट फ्याके भने झन् कति खुसी होलान त?
(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोकिदैँ भनेछ)
पाईलट: यदि मैले तपाईहरु दुवैलाई यहाबाट फ्याके भने त्यी जनताहरु सबैभन्दा बढि खुसी हुन्छन । ।!!!
दुई जनाको बाजि परेछ एकजनाको चाहिँ एउटामात्र आखा रहेछ,
पहिलो : ए त धेरै देख्ने कि म धेरै देख्ने बाजि राखौं ।
दोस्रो : ए त्यसो हो भनेत सिधै मैले जिति हालेँ नि ।
पहिलो : कसरि?
दोस्रो : तँ मेरो एउटा मात्र आखा देख्छस म तेरो दुईओटै आखा देख्छु
पति ज्योतिसकहाँ हात देखाउन गए ।
ज्योतिसले भने, आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनेछ ।
पति रुन लागेको स्वरमा, तपाईले ठिक भन्नुभो किनकि आज मैले मेरो पर्स घरमै विर्सेर आएछु ।
एकजना महिला बसमा चढेपछि खलासिसँग कुरा गर्दै-
महिला : बच्चहरुको त भाडा लाग्दैन नि होइन?
खलासि : १२ भन्दा मुनी छन् भने मात्र हो नत्र भाडा लागछ ।
महिला : ए ठीकै छ, मेरो ९ वटा मात्र छन्।
युद्दको समयमा एक सिमावर्ती गाउमा दुश्मनको एउटा फौज घुस्यो ।
गाउको सबै तरुनी केटीहरु उनिहरु सग बच्न गाउको बाहिर
एउटा सुरक्षित ठाउमा भाग्न थालेछन ,
एउटा बुढी महिला पनि उनिहरु संगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाई किन भाग्नु भएको? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त । ।
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
छोरा : ड्याड बर्बादै भयो, दाईले ढोकै खोल्दैन ।
ड्याड : सुत्दै होला नि, हिजो उसको सुहागरात हो त ।
छोरा : हिजो राती दाईले कोल्डक्रिम माग्याथ्यो मैले गल्तीले फेब्रिकोल दिएछु
मन्त्री: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।
पिए: एकदमै राम्रो हजुर ।
(एकैछि सोचेर) साच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्री: छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिए: अहिले भरखर…अब उप्रान्त झुठ बोल्दिन भनेक हैन हजुर !
मन्त्री: हो, म झुठ बोल्दिन , तर तिमीले त बोल्दा हुन्छ नि !!
आमसभामा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो: “सबै नेताहरु चोर हुन” ।
भीडबाट अर्को मान्छे करायो: “ओइ हाम्रो बदनाम गर्छस?”
पहिलो मान्छे बोल्यो: “के तँ पनि नेता होस्?”
दोस्रो मान्छेले जवाफ दियो: “होइन बेबकूफ, म त चोर हूँ, नेताहरु चोर हुन भनेर चोरहरुको बदनाम गर्छस?
एउटा केटीले आफ्नो दिदी सग सोधेछन
बहिनी : दिदी यो दुल्हा भनेको के हो?
दिदी : दुल्हा सग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भैइन भने नि?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ
एक दिन हनुमान एउटा गाउमा गुम्दै जादा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति
चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ?
राम : तलाई जाहा पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ?
हनुमान : किनर प्रभु?
राम : भित्र सिता कपडा फेर्दै छिन
बालक : मलाई तपाई मन पर्छ ! म तपाईसंग विहे गर्न चाछन्छु !
शिक्षिका : मलाई बच्चा मन पर्दैन !
बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस
भक्त (महादेव सग): प्रभु तपाई को त्रिशुल खोइ त?
महादेव: राजेश हमालले लगेको छ ।
भक्त: किन?
महादेव: चाउमिन खान चाहियो रे के।
भिखारि : हजुर केहि खाने कुरा पाईन्छ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती त चहिएन
उदास छोरालाई देखेर बाउ
बाउ: के भो छोरा?
छोरा: केहि होइन वुबा
बाउ: भन न म तेरो साथी जस्तै त हो नी
छोरा: केहि होइन के मुला तेरि छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥
दार्ही बूढो: छोरा ५ पछि कति आउछ भन त्?
धुर्मुसे ६, ७, ८
दारी बूढो: बाबा पढाइमा त तगडा छ मेरो छोरो,
दारी बूढो: अनि ७ पछि कति आउछ भन त?
धुर्मुसे: ८, ९, १०
दार्ही बूढो: बाफ रे, अनि १० पछि नि?
धुर्मुसे: गुलाम, मिस्सी, बास्सा।
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो यसरी पनि पिउनु हुन्छ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
0 Comments