जति सफा गरेनी फोर भयो
दिमाग नै मैलो को थुप्रो हो की ?
सोचाई बाङ्गेर कुप्रो भो की ?
फ़िल्टरमा मज्जाले छानेको थिएँ
शुद्ध तेलमा झानेको थिएँ
त्यै पनि उस्ता उस्तै भयो
दुरुस्तै त्यैस्तै निस्तै भयो
चट्ट पखालेँ , टक्क सुकाएँ
झट्ट बिदेशबाट नयाँ सोच झिकाएँ
टंग्र्रङ्ग दिमागमा प्वालै प्वाल
जति भरे पनि सबै छ्याल ब्याल
खै कहाँ गयो , भ्रष्टाचार भो कि?
दिमाग को भार आत्याचार हो कि ?
या जालोले टाल्यो टम्मै ?
राम्रो सोच जति खायो जम्मै ?
बाकी केवल अहंकार को पोका पोकी
हाक्क हुक्क फोहोरी मनका रुघा खोकी
छि म पनि उस्तै
बिरामी पार्यो लौन सिकिस्तै
खोज्दै छु अझै पनि ओखती
क्षति नगरी प्रगति गर्ने बिधि
✒ अञ्जिता खड्का " अश्रु "
0 Comments