एता उति कतै नहेरी एकोहोरो लागेको देखेँ,
अचम्म हुदो रैछ जस्तो लागयो,
त्यसैले मैले मोबाईल फोन किनेँ ।
यस्को छ, उस्को छ,
तरकारी बेच्ने भैया देखी लिएर,
बसमा साइड्मा बस्ने मैया समेतको छ,
सबैले यस्को मजा उठाएको देखेँ,
त्यसैले मैले मोबाईल फोन किनेँ ।
उठाउनलाई कोही चहिन्न रे,
अफिस जान ढिलो हुन्न रे,
कसैले गर्न नसकेको काम यस्लेनै गर्छ रे,
मेरो कौतुहल्ता बढ्दै गयो,
सबैको समस्या हल भएको देखेँ,
त्यसैले मैले मोबाईल फोन किनेँ ।
टाढा भएकालाई नजिक ल्याउछ रे,
साथिभाइ सँग मेलजोल बढाउछ रे,
सालौदेखी नबोलेका आफन्तले,
फेसबूकमा फ्रेन्ड रिकुएस्ट पठाउछन रे,
धेरैले त्यस्तो आफन्त भेटेको देखेँ,
आफ्नो आफन्तको खोजि थियो मेरो,
त्यसैले मैले मोबाईल फोन किनेँ ।
हरेक बर्ष यस्को मोडेल बदलिदो रहेछ,
बोकेपछी यस्को बानी पर्दो रहेछ,
ज्यान ठेगानमा होस न होस्,
यस्को खुब ख्याल हुदो रहेछ,
अब सोच्छु यस्मा के झोल रहेछ,
पहिले त यस्मै मैले संसार देखेँ,
त्यसैले मैले मोबाईल फोन किनेँ ।
के जरुरी थियो मलाई मोबाईल किन्न ?
काम त यसैपनि चलिरहेको थियो,
देखासेखिमा किन्न त किनियो,
आब सम्झेर अचम्म लाग्छ,
यो जन्जालामा म कसरी फसेँ ?
तब याद आयो,
मोबाईलको महामारि रहेछ,
त्यसैले मैले मोबाईल फोन किनेँ ।
✒Bipana Pokharel
0 Comments